नियम ३४
धितोपत्र व्यवसायी दर्ता प्रमाणपत्रको नवीकरण

(१) धितोपत्र व्यवसायीले प्रत्येक आर्थिक वर्ष समाप्त भएको मितिले तीस दिन भित्र धितोपत्र व्यवसायी दर्ता प्रमाणपत्र
नवीकरणको लागि अनुसूची–१२ मा तोकिए बमोजिमको दस्तुर सहित अनुसूची–१५ बमोजिमको ढाँचामा बोर्ड समक्ष निवेदन दिई धितोपत्र व्यवसायी दर्ता प्रमाणपत्र नवीकरण गराउनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिमको म्याद भित्र धितोपत्र व्यवसायी दर्ता प्रमाणपत्र नवीकरण गराउन नसकेमा सम्बन्धित धितोपत्र व्यवसायीले सो को कारण खोली त्यस्तो म्याद समाप्त भएको मितिले ६ महीना भित्र नवीकरण दस्तुर र त्यसको पच्चीस प्रतिशत थप दस्तुर सहित धितोपत्र व्यवसायी प्रमाणपत्र नवीकरणको लागि बोर्ड समक्ष निवेदन दिन सक्नेछ ।
(३) उपनियम (२) बमोजिमको म्याद भित्र धितोपत्र व्यवसायीले धितोपत्र व्यवसाय दर्ता प्रमाणपत्र नवीकरणको लागि निवेदन नदिएमा बोर्डले त्यस्तो धितोपत्र व्यवसायीको धितोपत्र व्यवसाय दर्ता प्रमाणपत्र खारेज गर्नेछ ।
(४) उपनियम (३) बमोजिम धितोपत्र व्यवसायी दर्ता प्रमाणपत्र खारेज भएको संगठित संस्थाले धितोपत्र व्यवसाय गर्न पाउने छैन ।